Saturday, May 22, 2010

अतिका दिनहरु

अतिका दिनहरु सम्झेर आँसु पिई
एक्लै तड्पिएर बाँचिरहेछु ।
भाग्यको लेखा यस्तै रहेछ
तिमीलाई सम्झि यो मरुभुमिमा बाँचिरहेछु ॥


आकाशमा उड्ने चरीलाई के थाहा
सागरको गहिराइ कति छ भनेर ।
धोका दिने स्वार्थिलाई के थाहा
यो मनमा माया कति छ भनेर ॥


त्यो पारी पाखा पकेको काफल
चरीले नखाला ।
मायाले लेखि पठाएको सम्झनाको
मिठो पत्र च्यातेर नफाल ॥

1 comment: